Thursday, October 30, 2014

१ महानताका सूत्र


 महानताका सूत्र 
चिनीयाँ समाजमा लाओत्सु बुद्धले भन्दा बढी प्रभाव छोड्न सफल मान्छे हुन्कन्फुसियस उनी यति महान् कसरी भए ? भन्ने जिज्ञासा सहजै जाग्दो हो मोटामोटी रूपमा कोट्याउँदा कुरा भेटिन्छन्
) उनका बुबा ७० वर्ष भएपछि तरूणी श्रीमतिबाट उनी जन्मेका थिए
) उनी हरदम अध्ययनअनुसन्धानमा व्यस्त रहन्थे
) उनी संगीतमा डुेबर तनाव मुक्त हुन्थे
पछिल्लो समयमा महान् व्यक्तित्वको बारेमा वैज्ञानिकहरूले के पत्ता लगाउन भ्याए भनेसबै जसो महापुरूषहरू बाबु ४० वर्ष कटेपछि आमा २५ वर्ष कटेपछि जन्मेका हुन्
भन्नु पर्दैन, बाबाआमा जति प्रौढ हुँदै जान्छन्, त्यति नै उनीहरुका अनुभव ज्ञान पनि बढ्दै जान्छ , यी अनुभवजन्य ज्ञानहरू उनीहरूको जिन्सद्वारा छोराछोरीमा सारिन्छन् त्यसैले देख्नमा के आउँछ भनेजेठा, माइलाभन्दा कान्छाकान्छी बढी चलाख हुन्छन् अतः प्रौढ आमाबाबाबाट जन्मेका कन्फुसियसले पनि जन्मजात ज्ञानगुण बाकेर आए भन्न करै लाग्छ , यस कुराबाट हाम्रो पुस्ताले प्रेरणा लिएर प्रयोगमा उतार्न सक्छ
प्रसंग बदलौँ, वैज्ञानिकहरू झण्डै सय वर्षदेखि अत्यन्त सफल हुने मान्छेको विशेषताबारे खोजी गर्दै आइरहेका देखिन्छन् सफल हुने सबै मान्छेको एउटा विशेषता निर्विवाद रूपमा आएको देखिन्छ त्यो होअध्ययनशीलता उनीहरू सानै उमेरदेखि आफ्नो विषयवस्तुमा केन्द्रीत रही जिन्दगीभर अध्ययन अुनसन्धान चालू राख्छन् यहाँनेर विश्वविख्यात चिनीयाँ भनाइ सार्थक हुन आउँछकोक्रोदेखि कात्रोसम्म पुग्दा पनि ज्ञानको खोजी जारी राख यो भनाइको मूर्त रूप हुन्कन्फुसियस पछिल्लो समयमा अन्वेषकहरूले ठोकेरै भनेका छन्रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् भन्न पर्दैन, कन्फुसियस चिनीयाँ समाजका कालजयी अगुवा बनेका छन्

कन्फुसियसलाई यत्रो उचाइ प्रदान गर्ने अर्काे खम्बा हो, उनको संगीतप्रेम आफ्नै आमाको उत्प्रेरणाबाट उनी संगीत क्षेत्रमा आएका हुन्् जबजब दिमाग विचार कर्मको बोझबाट थाक्छ, मान्छे त्यसबाट भाग्न जाँडरक्सीदेखि नकारात्मक कुराको साहारा लिन्छ पतन हुन्छ तर, कन्फुसियसले यस दुष्प्रभावबाट बच्न संगीतको सहारा लिए जुन एक किसिमको ध्यानसाधन नै हो उनले भन्न भ्याएका छन् कि, संगीतमा डुब्नुबाट यस्तो आनन्द जन्मिन्छ, जुन अरू कुनै सांसारिक कुराबाट सम्भवै छैन

No comments:

Post a Comment