Thursday, October 30, 2014

३.सफलता र सिद्धान्त

सफलता र सिद्धान्त

                   सफलता र सिद्धान्त


प्पल कम्पनीले संसारकै सबभन्दा अनौठो एवं सुन्दर कम्प्युटर निर्माण गर्छ ।
– संसारकै सबैभन्दा बढी व्यापार गरी पैसा कमाउने सफल कम्पनी पनि एप्पल नै हो । सबैलाई पछाडी पार्दै अगाडि आउने एप्पलको निर्णायक शक्ति के होला ? भन्न परोइन विचार अर्थात् दार्शनिक–सिद्धान्त र त्यसलाई कडाइका साथ पालना गर्ने–गराउने लिडर स्टिभ जब्स ।
एप्पलको तीन दर्शन–सिद्धान्त हुन्
१) ग्राहकको पूर्ण संन्तुष्टिको पहल
२) विचारको केन्द्रिकरण र
३) इम्प्युट अर्थात् कलात्मक एवं दरिलो प्रस्तुति ।
पहिलो सिद्धान्तको सम्बन्धमा जब्सको अरूको भन्दा भिन्नै धारणा छ । अरू भन्छन् । ग्राहकले खोजेजस्तो सामान पस्कन सक्नु व्यापारीको सफलता हो । उनी भन्छन् –ग्राहकले खोजेको जस्तो होइन, आफुले जानेको जस्तो सर्वोत्कृष्ठ कुरा दिएर ग्राहकलाई धन्य तुल्याउनु सक्नु व्यापारीको सफलता हो । यसै प्रसंगलाई मध्य नजर राखी उनले हेनरी फोर्डको कुरा कोट्याएका छन् –एकपल्ट फोर्डले भनेका थिए यदि ग्राहकलाई तपार्इंलाई कस्तो वाहन चाहियो भनि सोधियो. भने उसले सबभन्दा छिटो कुड्ने घोडा माग्छ, किनभने (गाडीको अविष्कारअघि) घोडा बाहेक अरू वाहन  पनि हुनसक्ने कुरा ग्राहकलाई थाहा हुँदैन, त्यो त आविष्कार गरेर प्रस्तुत गरेपछि मात्र उसले खोज्छ । त्यसैले जब्स भन्छन्– सम्पति कमाउन मात्र कम्पनी स्थापना गर्नु हुँदैन कम्पनी त सर्वसाधारणको जीवन परिवर्तन गर्न स्थापना गर्नु पर्दछ, अतः अरूको उन्नति नै आफ्नो उन्नतिको पहिलो आधारशीला हो ।
दोस्रो सिद्धान्तः केन्द्रिकृत हुनु । कुनै पनि काम गर्दा फाइदा र बेफाइदा दुवै हुन्छ । असफल हुने मान्छेले बेफाइदा–माथि बढी नै ध्यान दिन्छ भने सफल मान्छेले फाइदामा । स्टिभ भन्छन् राम्रो परिणाम ल्याउने नै हो भने केन्द्रिकृत नै हुनु पर्छ र अनावश्यक नकारात्मक संभावनातिर ध्यान दिनै हुँदैन । उदाहरण –दुई जना कैदी झ्यालबाट बाहिर चियाउँछन् । परिणामस्वरूप एकजना खुसी हुन्छ र अर्को दुःखी । किनभने एउटाले आकाशका झिल्मिल तारामा ध्यान केन्द्रित ग¥यो र अर्कोले सडकमा फालिएका फोहोरमा । त्यसैले सुख र दुःखजस्तै सफलता र असफलता पनि दृष्टिकोणकै परिणाम हुन् । अतः सकारात्मक पक्षमा मात्र ध्यान दिई अगाडि बढ्नु सफलताको अर्को पक्ष हो । अन्तिम सिद्धान्त– इम्प्युट अर्थात् थप आकर्षक, कलात्मक एवं व्यावहारीक बनाउनु । जस्तै हामीले पकाएको तरकारी स्वादिष्ट भएर मात्र पुग्दैन हेर्दै खाउँ–खाउँ जस्तो लाग्नु पर्दछ । अनि मात्र त्यो व्यावसायिक बन्छ र त्यसमा थप पौष्टिकता पनि जोडी ग्राहकलाई दीर्घ कालीक फाइदा समेत पु¥याउनु पर्दछ । यही इम्प्युट हो । अतः राम्रै कुरालाई पनि कलात्मक रूपमा प्रस्तुत गर्न सक्नु नै सफलताको तेस्रो पक्ष हो । यिनै दार्शनिक सिद्धान्तका सन्तान हो –एप्पलको सफलता ।

No comments:

Post a Comment