Thursday, October 30, 2014

४.लक्ष्य–निर्धारण


                         लक्ष्य–निर्धारण      

 
 मनोक्रान्ति केन्द्र
लक्ष्य–निर्धारणले जादूको जस्तो काम गर्छ, अर्थात् अविश्वसनीय काम । जोन गोडार्डले
सुने–“जे–जे लक्ष्य लेखेर राखिन्छ ती लक्ष्य एक न एक दिन पूरा भइ छाड्छ, मात्र यसप्रति आपूm समर्पित हुनु पर्छ” । उनी उत्साहित भए । हत्त–न–पत्त डायरीमा
लेखे– जीवनभरीमा गर्न मन लागेका सबै कुरा, बुँदेवार, जम्मा–जम्मी १२७ वटा । पछि त्यसलाई ठूलो कागजमा, ठूलै अक्षरले लेखेर आपूm सुत्ने कोठाको भित्तामैं टाँसेर राखे, उठ्नासाथ आँखाले देख्ने गरी । अचम्मको कुरा अहिले उनी बूढा भैसकेका छन् र उनका झण्डै सवै अर्थात् १०९वटा लक्ष्य खेली–खेली पूरा भैसकेका छन् । योभन्दा पनि उदेक लाग्दो कुरा–उनी गोहीको मुखैमा पर्दा–पर्दै पनि जोगिए, अझ उनी एबिलभ क्रासमा परेर पनि बाँच्न सफल भए ! किन होला ? किनभने उनलाई आफ्ना लक्ष्य पूरा गर्न अझै बाँच्नु थियो र त उनी बाँचिरहे । यस्तै उनलाई २० औँ सताब्दीमैं क्यान्सर भैसकेको थियो तर उनले २१ सताब्दी हेर्ने लक्ष्य लेखे र उनी अभैm जीवितै छन् ! लक्ष्य निर्धारित भए काललाई समेत पछि ढकेल्न सक्ने यो भन्दा ठूलो अरू उदाहरण के पो होला ?
प्रसंग फेरौं – टेक्नोलोजीका जिजस अथवा आइन्स्टान, पछिका महान व्यक्तित्व मानिने स्टिभ जब्सकै कुरा गरौं । उनले छोएका उचाइ एउटा युगमा एकाधले मात्र छुन सक्छ अर्थात् उनी अद्वितीय छन् । तर उनी कुनै बेला बिग्रेका केटा थिए अर्थात लागू पदार्थको सेवनमा मस्त रहन्थे । अधिकांश मान्छे यस लतमा परिसकेपछि उठ्ने कुरा त परै जाओस् सामान्य मान्छे भएर बाँच्नसमेत सक्दैन्न । यस्तो कटु यथार्थलाई चिरेर उनी आफ्नो युगका सूर्य हुन कसरी पो सफल भए होलान् ? जवाफ प्रष्ट छ । लक्ष्य निर्धारण ।
जब्स आमा–बाबाबाट त्यागिएका छोरा । जबदेखि उनले यो कुरा थाहा पाए उनलाई ठूलो मान्छे बनेर देखाइ दिने झोंक चल्यो । त्यसबेला नै उनले संकल्प गरे । “म महान भएर देखाइ दिन्छु ताकि मेरा जन्मदिने आमा–बाबाले मलाई खोज्न आउन् । ठूलो मान्छे हुने उनको लक्ष्य रह्यो । र त नशा सेवनमा झुली रहँदासमेत प्रष्ट लक्ष्यले उनलाई नशाको दल–दलबाट बाहिर जगतको प्रकाशमा ल्याई छाड्यो । उनकै शब्दमा–“लागू औषध खाए पनि मेरो ध्यान महान चीज सिर्जना गर्ने तर्फ नै जान्थ्यो । जीवनमा केही नगरी कसरी मरुँ भन्ने सोच आइ रहन्थ्यो” । धन्य लक्ष्य निर्धारण ।

No comments:

Post a Comment