Monday, November 24, 2014

हरेश नखानुहोस्

हरेश नखानुहोस्
'म प्रायः बेन्चमा सुत्ने गर्थे । मैले फिल्म सिटी पुग्न साथीसँग २० रूपैया सापटी माग्नुपरेको थियो ।' - शाहरूख खान

'सेकेण्डरी स्कूल पढ्दा म बास्केटबल टिमबाट निकालिएको थिए ।' - माइकल जोर्डन

'अल इण्डिया रेडियोमा धोद्रो स्वर भएको भनि मलाई जागिर दिइएको थिएन ।' - अमिताभ बच्चन

'म विदेशमा पेट्रोल पम्पमा नोकरी गर्दथे ।' - धिरूभाइ अम्बानी

'म सानोमा भकभके थिए ।' - टम क्रुज

'नौ वर्षको उमेरमा मलाई बलत्कार गरिएको थियो ।' - वप्रा विन्फ्रे

'मेरा शिक्षकहरू मलाई सधै एक असफल विद्यार्थीको रूपमा सम्बोधन गर्दथे ।' - टोनी ब्लेएर

'म तिस वर्षको उमेरसम्म गाडीको कन्डक्टर थिए ।' - रजनीकान्त

थाहा छ ? शाहरूख बलिउडका किङ खान हुन् । माइकल जोर्डान बास्केटबलका हिरो कहलाउछन् । अमिताभ बच्चन बलिउडका महानायक हुन । धिरूभाइ भारतका ठूला धनाढ्य भित्र पर्दछन् । वप्रा विन्फ्रे सर्वाधिक चर्चित कार्यक्रम प्रस्तोता हुन् । टम क्रुज हलिउडका सर्वाधिक चर्चित नायक हुन्....

यो लिस्ट अझै लामो छ । यस्तो कोही पनि सफल व्यक्ति छैनन् जसले विना संघर्ष सफलता हासिल गरेको होस् । मित्र, चाप र ताप पाए मात्र कोइला हिरा बन्ने हो, अध्यारो रात चिरेरनै उज्यालो आउने हो । मैले जती गरेपनि केही हुनेवाला छैन भनी कहिल्यै नसोच्नुहोला, संघर्षले जीन्दगीमा जाँदु भरिदिन्छ । आज चिया बेच्ने केटो भोली राष्ट्रको प्रधानमन्त्री बन्नसक्छ, जस्तो नरेन्द्र मोदी । यसर्थ हरेश नखानुहोस्, हार नमान्नुहोस्, लागि परिरहनुहोस् सफलता तपाईलाई नै चुम्न आइपुग्नेछ 

No comments:

Post a Comment