Monday, November 24, 2014

प्रेरक शब्दको जाँदु

प्रेरक शब्दको जाँदु
 
एल्विस प्रिस्ले
एल्विस प्रिस्ले त्यो नाम हो जसले संगित जगतमा निक्कै ठूलो तहल्का मच्चाएको थियो । उनले गित गाएरै अपूर्व नाम र दाम कमाउन सफल भएका थिए । उनलाई आज पनि 'रक एण्ड रोल' संगीतको बादशाह भनेर चिनिन्छ । एल्विस प्रिस्लेलाई सफलताको त्यो भव्य उचाइसम्म पुर्याउनका लागि उनकी आमाले बोलेको प्रेरक शब्दले महत्वपूर्ण भुमिका खेलेको थियो ।

उनी सानो छँदा, उनको जन्मदिनको अवसरमा उनका आमाले उनलाई गितार उपहारस्वरूप दिन्छिन् र भन्छिन् 'बाबु तिमी सामान्य मान्छे होइनौ । तिमीमा त्यो खुबी छ जसले तिमीलाई प्रख्यात बनाउन सक्छ ।'

उनकी आमाले बोलेका यी शब्दहरूले उनको हृदयमा यती प्रेरणा भर्यो कि उनले त्यसलाई जीवनभर सम्झिरहे । यी शब्दहरूले उनलाई त्यो विश्वास दिलायो जसको आधारमा टेकेर उनी विश्वविख्यात बन्न सके ।



ती शब्दहरूमा जाँदु लुकेको हुन्छ जसले हृदयलाई छुन सक्दछन् । प्रेरणाका दुई शब्दहरूनै जीवन बदल्नका लागि काफी हुन्छ जसको शसक्त उदाहरण हुन् एल्विस प्रिस्ले । यसर्थ आफ्ना नजिकका लाई प्रोत्साहित गर्न कहिल्यै नचुकौ ।

No comments:

Post a Comment