Wednesday, December 10, 2014

महान् व्यक्तीका केही अनुकरणिय बानीहरू

महान् व्यक्तीका केही अनुकरणिय बानीहरू
१. मइकल फराडेले यदि एक मिनेट मात्र पाए भने पनि उनी किताब पढ्न थालिहाल्थे ।
२. चार्ली चाप्लिन सधै आफ्नो साथमा टेप रेकर्डर ...लिएर हिड्दथे र जब नयाँ विचार फुर्दथ्यो उनी रकर्ड गरिहाल्दथे ।
३. महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन दैनिक भ्वाएलिन एवं पियानो बजाउने गर्दथे ।
४. महान् राजनेता नेल्सन मण्डेल प्रत्येक विहान व्यायमस्वरूप दौडने गर्दथे ।
५. महान् नेता महात्मा गान्धी मात्र चार घण्टा सुत्दथे । अब्दुल कलाम पनि उतीनै समय सुत्ने गर्दछन् ।
६. महान् दार्शनिक ज्याँ पाल सात्र सधै दुइ घण्टा संगीत सुन्दथे ।
७. महान् साहित्यकार जर्ज बर्नाड शा मांशजन्य पदार्थको सेवन गर्दैनथे । उनी साकाहारी थिए ।
८. विल गेट्सले कहिल्यै पनि टि.भी हेर्ने जस्ता कार्य गर्दैनथे ।
९. थोमस एल्भा एडिसनले सधै केही न केही डायरीमा लेखिरहने गर्दथे ।
१०. ब्रुस ली दैनिक विस घण्टा परिश्रम गर्दथे । मुहम्मद अली पनि हरेक दिन ६ घण्टा बक्सिङको अभ्यास गर्दथे ।

No comments:

Post a Comment